Logo

सिटिजन्स बैंक र बेलायतको सुपरसोनिकबीच विप्रेषण सम्झौता

सिटिजन्स बैंक र बेलायतको सुपरसोनिकबीच विप्रेषण सम्झौता


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुपरसोनिक लिमिटेड बेलायतबिच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

बेलायतलगायत युरोपेली मुलुकबाट नेपालमा रहेका आफन्तहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता बमोजिम अब सुपरसोनिक लिमिटेड मार्फत नेपालमा पठाएको रकम सहजै सिटिजन्स बैंकको नेपालभरका शाखा तथा सहायक प्रतिनिधिहरुबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ । बैंकको हाल रहेको ६७ ओटा शाखाहरु र ४ हजार ५ सय भन्दा बढि प्रतिनिधि छन् ।

सो सम्झौता पत्रमा बैंकका प्रमुृख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सुपरसोनिक लिमिटेडका निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका छन ।

बैंकले यस अघि कुवेतको डलरको एक्सचेन्ज लिमिटेड, बेलायतको क्यासको फाईनान्सीयल सर्भिसेसलगायत अन्य ६ ओटा कम्पनीहरुबाट नेपाल आएको विप्रेषण रकमको भुक्तानी बैंकको सम्पुर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको थियो ।

यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनीसंग सहकार्य गरी बैंकले आफ्नो सम्पुर्ण शाखाहरुबाट वेस्टर्न युनियन, मनिग्रामलगायत अन्य १८ ओटा कम्पनीबाट आएको विप्रेषण रकमको भुक्तनी गर्दै आइरहेको छ ।

यसका साथै बैंकले भविष्यमा अन्य विभिन्न मुुलुकमा रहेको विभिन्न बिपे्रषण कम्पनीसंग सम्झौता गरि विप्रेषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL