Logo

एनआईसी एशियाको नयाँ शाखा रुपन्देहीको खैरेनीमा, शाखा संख्या १ सय ७९ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा रुपन्देहीको खैरेनीमा, शाखा संख्या १ सय ७९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको खैरेनीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आइतबार एक कार्यक्रमकाबीच बैंकले उक्त शाखाको उद्घाटन गरेको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक रहेको बैंकको दाबी छ ।

खैरेनी शाखाको उद्घाटनसँगै हाल बैंकको शाखा संख्या १ सय ७९ पुगेको छ । यसका साथै बैंकले हाल नेपालभर १ सय ७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ । जसअनुसार अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL