Logo

एनसीसी बैंकको वर्दघाटमा शाखा, मंगलबारदेखि कारोबार शुरु

एनसीसी बैंकको वर्दघाटमा शाखा, मंगलबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नवलपरासीको वर्दघाटमा नयाँ शाखा स्थापना गरेको छ । मंगलवार बैंकको सो शाखाको बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले उद्दघाटन गरे ।

उक्त अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी दिए ।

एनसीसी बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले यस शाखा मार्फत विविध बैंकिङ सेवा प्रदान गर्दै सवै आर्थिक क्रियाकलापलाई बैकिङ सञ्जाल मार्फत जोडिने विचार व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्