Logo

सिटिजन्सको शाखारहित बैंकिङ सेवा रौतहटको बिजयपुरमा, व्यवसायिक प्रतिनिधिमा यादव

सिटिजन्सको शाखारहित बैंकिङ सेवा रौतहटको बिजयपुरमा, व्यवसायिक प्रतिनिधिमा यादव


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटकोे फतुवा बिजयपुर नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले माघ १५ गतेबाट उक्त सेवाको आरम्भ गरेको हो ।

सम्वन्धित शाखा प्रमुख रवि थापाले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन । उक्त शाखामा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेशप्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत सेवा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

यसका साथै उक्त सेवाबाट ग्रामिण क्षेत्रका जनताले सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने तथा बैंकप्रतिको विश्वास बढ्ने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL