Logo

सानिमा बैंकका थप चार नयाँ शाखा सञ्चालनमा, गुणस्तरीय सेवाको प्रतिवद्धता

सानिमा बैंकका थप चार नयाँ शाखा सञ्चालनमा, गुणस्तरीय सेवाको प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना थप ४ ओटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आइतबार पोखराको अमरसिंह,बगर र बिरौटा तथा सोमबार दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको पोखरा शाखा कार्यालयहरुको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन ।

यसका साथै दाङको तुलसीपुर शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा कलाकार हरिवंश आचार्यबाट गरिएको हो ।

उदघाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले ग्राहकको थप सेवा तथा सुविधाका लागी बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको जानकारी दिए ।

साथै उनले अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० एटिएमबाट बैंंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL