काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा बागलुङको बुर्तिबाङमा उक्त कार्यक्रमको आयोजना गरेको होे ।
शनिबार सम्पन्न उक्त कार्यक्रममा १ सय जना भन्दा बढीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरिएको तालीम तथा बैंक बिज्ञ पुर्णमान नापितले बताए ।
यसका साथै बैंकले सोहि दिन देखि नै बाग्लुङको निसीेखोला गाउँपालिका २ मा आफ्नो ६५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
कृषि र रेमिटान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रमा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका हाल १ सय १३ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर तथा ६५ शाखा रहित बैंकिङ सेवामार्फत वित्तिय सेवा प्रदा गर्दै आएको छ ।