Logo

सेञ्चुरी बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो साढे ३२ लाख

सेञ्चुरी बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो साढे ३२ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक बर्षको पहिलो ६ महिनामा आफ्नो नाफामा उच्च वृद्धि गरेको छ । बैंकले सो अबधिमा आफ्नो नाफामा ४५ प्रतिशतले वृद्धि गरेको छ ।

सो अबधिमा बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आबको सोही अबधिमा २२ करोड ३९ लाख रुपैयाँ मात्र कमाएको थियो । हाल बैंकको चुक्त पूँजी ७ अर्ब ६७ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
बैंकले खुद ब्याज आम्दानीमा बृद्धि गरेसँगै समग्र नाफामा वृद्धि भएको हो । सोअ अबधिमा बैंकले ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष सोही अबधिमा यस्तो आम्दानी ५१ करोड ६० लाख रुपैयाँ थियो ।

बैंकले सो अबधिसम्म आइपुग्दा कुल ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अबधिमा ३२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको पूँजी कोष अनुपात १८.५४ प्रतिशत हुँदा खराब कर्जा शुन्य दशमलव ९९ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL