काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १४ गते २० अर्ब रुपैयाँ बैंक वित्तीय संस्थामा पठाउने भएको छ । बजारमा तरलता (लगानी योग्य पूँजी) अभाव भएपछि राष्ट्र बैंकले बजारमा पैसा पठाउन लागेको हो ।
राष्ट्र बैंकले आईतबारदेखि २ हप्ताका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले जानकारी गर्न लागेको उक्त रिपोमा बैंक वित्तीय संस्थाले आइतबार २ बजेसम्म आवेदन दिन सक्नेछन् । सोको ब्याजदर ५ प्रतिशत तय गरिएको छ ।