काठमाडौ । ग्लोबल आइएमई बैंकले गुल्मीको छत्रकोट दिगाम र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड्लामा शाखारहित सेवा विस्तार गरेको छ । यससँगै बैंकको शाखारहित सेवा संख्या ६४ पुगेको छ ।
दिगाममा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र अर्घाखाँचीको वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाराईलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवाका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यसहित ११३ शाखा, १२७ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६४ शाखा रहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।