काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफना खातावालाहरुलाई निःशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ ।
उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिद/बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने कम्पनीले जानकारी दिएको छ ।
यस कम्पनीले हाल सम्म १ लाख १४ हजार ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।