Logo

ग्लोबल आईएमई बैंकले खोल्यो गुल्मीमा दुई शाखा रहित बैंकिङ

ग्लोबल आईएमई बैंकले खोल्यो गुल्मीमा दुई शाखा रहित बैंकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लामा २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गुल्मीको मुसीकोट नगरपालिकाको आँपचौर मा ६० औं र सोही नगरपालिकाको भुवाचिदीमा ६२ आँै शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त शाखारहित बैकिङ्ग सेवाको मुसीकोट नगरपालिकाको मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । आँपचौरमा खोलिएको सेवाको लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि सागर सापकोटा व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

कृषि र रेमिटान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दालाई बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै शाखा रहित बैंकङ सेवा संचालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकले हालसम्म ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ६२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL