काठमाडौं । सिभिल बैंक लिमिटेडले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल –एलआईसी नेपाल) संग सम्झौता गरेको छ ।
बैंकले जीवन वीमा सेवाको शुरुवात गर्ने उद्देश्यसहित एनएलआईसीसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआईसीनेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।
यस सम्झौताबाट बैंकले एलआईसी नेपालको विविध जीवन वीमा योजनाहरु विना झन्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।
बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।