काठमाडौं । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्यूरोले बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंकका कर्मचारीलाई पक्राउन गरेको छ ।
व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको केन्द्रिय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।
डंगोललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ ।