काठमाडौं । प्रभु बैंकले हकप्रद निष्काशनको लागि अनुमति पाएको छ । धितोपत्र बोर्डले आजै मात्र प्रभु बैंकलाई हकप्रद निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।
यससँगै प्रभुले ४० प्रतिशत अर्थात २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । हकप्रदबाटै नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने लक्ष्य अनुरुप बैंकले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । हकप्रद निष्काशनसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब नाध्नेछ ।
बैंकले आफ्नो हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।