Logo

मेगाको विशेष साधारण सभा पून : ,टुरिजमसँग स्वाप रेसियो पारितको प्रस्ताव पेस गर्ने

मेगाको विशेष साधारण सभा पून : ,टुरिजमसँग स्वाप रेसियो पारितको प्रस्ताव पेस गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपालले पून : विशेष साधारण सभा बोलाउने भएको छ । मेगाले यस अघि मङ्सिर ४ गते बोलाएको विशेष साधारण सभामा गणपूरक शेयर सदस्य उपस्थित नभएका कारण स्थगित सभा पुस ४ गतेका लागि पूनः बोलाएको हो ।

सभामा मेगाले टुरिजमसँग १००ः९५ स्वाप रेसियो पारित गर्ने प्रस्ताव पेस गर्ने बताएको छ । यस आधारमा टुरिजमको सय कित्ता शेयर हुने सदस्यले मेगाकोे ९५ कित्ता पाउनेछन् ।

साथै, सभाले मर्जर प्रकृयाका लागि नियमावली संशोधन तथा परिमार्जन गर्नुपरेको अवस्थामा त्यस सम्बन्धी पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेस हुनेछ । बैङ्कले कात्तिक १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने जानकारी दिएको छ ।

त्यस्तै उता, टुरिजमले भने मङ्सिर ६ गतेनै ७ औं वार्षिक साधारण सभामार्फत मेगासँग मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्