Logo

माछापुच्छ्रे बैंकको नाफामा सुधार, तीन महिनामा कमायो २८ करोड

माछापुच्छ्रे बैंकको नाफामा सुधार, तीन महिनामा कमायो २८ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षका पहिलो त्रैमासमा आफ्नो नाफामा सुधार गरेको छ । बैंकले सो अबधिमा खुद नाफा १३ प्रतिशतले बढाउँदै २८ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकले ब्याज आम्दानी बृद्धि गरेसँगै नाफामा बृद्धि भएको हो । बैंकले असोज मसान्तसम्ममा ६१ करोड २१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । हालसम्म बैंकले ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले चुक्ता पूँजी भने ८ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।

सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ४५ प्रतिशत रहेको छ । तर, बैंकको प्रति सेयर आम्दानी भने ७ रुपैयाँले घट्दै १४ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL