काठमाडौं । चालू आर्थिक बर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका प्राःयजसो बाणिज्य बैंकको प्रति सेयर आम्दानी (इपीएस) घटेको छ । आजसम्म वित्तीय विवरण सार्वजनिक गरेका २१ वटा बाणिज्य बैकहरुमा कतिपयको नाफामा उच्च गिरावट आएको छ भने धेरै जसोको प्रति सेयर आम्दानीमा धक्का लागेको छ ।
सोमबार मात्रै वित्तीय विवरण सार्वजनिक गरेको ५ बाणिज्य बैंकमध्ये ३ वटाको खुद नाफा नै घटेको छ भने अन्यको पनि इपीएस ओरालो लागेको छ । जसमा कुमारी, एनबी र कृषि विकास बैंकको नाफामा गिरावट आएको छ ।
यस्तै एनबी बैंकको इपीएसमा समेत उच्च गिरावट आएको छ । बैंकको गत बर्षको सोही अबधिमा प्रति सृेयर आम्दानी २२ रुपैयाँ रहेकोमा चालू आवको सोही अबधिमा आइपुग्दा ८ रुपैयाँमा सिमित भएको छ । आजै वित्तीय विवरण सार्वजनिक गरेका अन्य बैंकको पनि इपिएस सम्तोषजनक छैन । कुमारी बैंकको इपीएस ७ रुपैयाँ ५१ पैसा हुँदा सिभिल बैंकको ८ रुपैयाँ ७५ पैसा र कृषि विकास बैंकको १५ रुपैयाँ रहेको छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका अन्य बैंकहरुको पनि इपीएस राम्रो देखिँदैन । जसमध्ये लक्ष्मी बैंकको ८ रुपैयाँ ३२ पैसा, मेगा बैंकको ७ रुपैयाँ, जनता बैंकको ३ रुपैयाँ ७१ पैसा रहेको छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकमध्ये नबिल बैंक, इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकलगायतको इपीएस भने अन्य बैंकको तुलनामा उच्च रहेको छ ।
कसको कति प्रति सेयर आम्दानी ?