Logo

गौरादह र तरहरा पुग्यो एनआईसी एशिया बैंक

गौरादह र तरहरा पुग्यो एनआईसी एशिया बैंक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले झापाको गौरादह र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, सुनसरीमा शाखा स्थापना गरेको छ । सोेमबार गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाह र ईटहरी का मेयर द्वारिकलाल चौधारीले छुट्टाछुट्टै ती शाखाको उद्दघाटन गरे ।

यससँगै बैंकले शाखा संख्या १३३ पुगेको छ । त्यस्तै १४१ एटिएम काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL