Logo

लक्ष्मी र सिभिलले नाफा बढाउँदा कुमारी र एनबीले घटाए, कस्को कति ?

लक्ष्मी र सिभिलले नाफा बढाउँदा कुमारी र एनबीले घटाए, कस्को कति ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार चालू आर्थिक बर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका ४ बाणिज्य बैकमध्ये २ वटाको नाफामा गिरावट आएको छ । आजै वित्तीय विवरण सार्वजनिक गरेका लक्ष्मी र सिभिल बैंकको नाफामा बृद्धि भएको छ भने कुमारी र एनबी बैंकको नाफा घटेको वित्तीय विवरणले देखाएको छ ।

लक्ष्मी बैंकले चालू आवको पहिलो त्रैमासमा आफ्नो नाफामा बृद्धि गर्दै १७ करोड ९ लाख रुपैयाँ कमाएको छ । सो अबधिमा बैंकले आफ्नो चुक्ता पूँजीमा पनि उच्च बृद्धि गरी ८ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

हालसम्म आइपुग्दा बैंकले कुल ५८ अर्ब ६४ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९४ करोड कर्जा प्रबाह गरेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १३ करोड रहेको छ ।

यसैगरी सिभिल बैंकले पनि आफ्नो नाफामा सामान्य बृद्धि गरेको छ । बैंकले आफ्नो नाफामा पौने २ करोड रुपैयाँले बृद्धि गर्दै ११ करोड ३३ लाख नाफा कमाएको छ ।

बैंकले हालसम्म ३४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको चुक्ता पूँजी भने ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । तर बैंकको खराब कर्जा भने कुल कर्जा प्रबाहको ४ दशमलबव ६९ प्रतिशत रहेको छ ।

तर आजै वित्तीय विवरण सार्वजनिक गरेको कुमारी बैंकको भने नाफामा गिरावट आएको छ । बैंकले आफ्नो नाफा साढे २ करोड रुपैयाँले घटाउँदै ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

हालसम्म आइपुग्दा बैंकले ५४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले निक्षप संकलन तथा कर्जा प्रबाहलाई द्वुत गतिमा विस्तार गरेको छ । बैंकको चुक्ता पूँजी भने ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

यसैगरी एनबी बैंकको पनि नाफामा गिरावट आएको छ । बैंकको नाफामा गत आबको सोही अबधिको तुलनामा उच्च गिरावट आएको वित्तीय विवरणले देखाएको छ ।

बैंकले गत आबको पहिलो त्रैमासमा कुल २२ करोड ५० लाख रुपैयाँ कमाएको थियो । तर, चालू आवको पहिलो त्रैमासमा ७ करोड रुपैयाँले गिरावट आउँदै १५ करोड ४० लाख रुपैयाँ मात्र कमाएको छ ।

बैंकले असोज मसान्तसम्मा कुल ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्