Logo

सिटिजन्स बैंकको नयाँ शाखा झापाको हल्दिबारीमा, शाखा संख्या ६५ पुग्यो

सिटिजन्स बैंकको नयाँ शाखा झापाको हल्दिबारीमा, शाखा संख्या ६५ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५ औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोवारको सुरुवात गरेका हुन् ।

बैंकले ६५ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री लक्ष्मी माध्यमिक विद्यालय र श्री सान्ती प्राथामिक विद्यालय लाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र हल्दिबारी गाँउपालिका अध्यक्ष रविन्द्र लिङदेनले संयुक्त रूपमा गरेका थिए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न अब आउने निकट भविष्यमानै बैंकले ,महोतरीको औरही ,र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्