Logo

एनआईसीले एकै पटक खोल्यो ३ नयाँ शाखा, शनिबारदेखि सञ्चालनमा

एनआईसीले एकै पटक खोल्यो ३ नयाँ शाखा, शनिबारदेखि सञ्चालनमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका बारबर्दिया नगरपालिका वडा नं ६ र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक, मोरङमा शाखा सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकका बैंकका निर्देशक गुरुप्रसाद पौडेलले खजुरा र मगरागडी शाखाको उद्दघाटन गरेका थिए । त्यस्तै रमाईलो शाखाको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गरे ।

हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL