काठमाडौं । अनिल केशरी शाहले मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
बुधवार शाह र सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिबीच यस विषयमा सम्झौता हुन लागेको हो ।
शाहले पुस १ गतेदेखि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्ने छन । सेञ्चुरीमा गत असोज १ गतेदेखि प्रमूख कार्यकारी अधिकृतको पद खाली रहँदै आएको छ ।
हाल जीवन भट्टराइले नायब प्रमूख कार्यकारी अधिकृतको रुपमा बैंकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।