Logo

ग्लोबल आईएमई बैंकले शुरु गर्यो भाइबर बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले शुरु गर्यो भाइबर बैंकिङ सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले भाईबरमार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नेपालमै पहिलो पटक भाइबर बैंकिङ सेवा शुरु गरेको हो ।

भाईबर बैंकिङ्ग सेवामार्फत सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सकिनेछ ।

भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर ग्लोबल आईएमई बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् ।

यस्तै अन्य बैंकमा खाता भएका व्यक्तिले उपयोग गर्न सक्नुहुनेछ । ग्लोबलमा खाता नभएका व्यक्तिले यो सेवामार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्