काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र तिनाउ विकास बैंक लिमिटेड बीच सम्झौता भएको छ । दुई संस्थाबीच नेपालभर रहेका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंंका इन्स्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको हो ।
सम्झौता अनुसार तिनाउ विकास बैंक लिमिटेडको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
हालै एक कार्यक्रमबीच सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र तिनाउ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले संयूक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।