Logo

सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा

सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल हुम्लाको सर्केगाडमा आफ्नो ६४ औं शाखा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यसँगै सिटिजन्स बैंक इन्टरनेसनलल ६४ वटा शाखा, ६२ वटा एटएएम काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत साढे ३ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

देश संघीयतामा गएसँगै दुरदराजका जनतालाई बैंकिङ सुबिधासँग पहुँच पुर्याउने उद्देश्य अनुरुप हुम्लामा शाखा कार्यालय संचालनमा ल्याएको देवकोटाले बताए । कार्यक्रममा शाखा इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषिकर्जा, पशु पालनलगायतका क्षेत्रमा प्रश्स्त लगानीगर्ने बैंकको उदेश्य रहेको बताए ।

बैंकले केही समयभित्रै झापाको हल्दिबारी, महोतरीको औरही, र दांङको बंगलाचुलीमा थप शाखा संचालनगर्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL