काठमाडौं । प्रभु बैंकले कैलाली र पाँचथर जिल्लामा शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले कैलालीको बौनिया र पाँचथरको फिदिममा नयाँ शाखा संचालनमा ल्याएको हो ।
बैंकको कैलालीको बौनिया शाखाको नेपाल राष्ट बैंक धनगढीका मुख्य व्यवस्थापक धनन्जय शर्मा र पाँचथरमा फिदिम नगरपालिकाका मेयर ओनाहाग नेम्वाडले एक कार्यक्रमकाबीच उक्ता शाखाको उद्घाटन गरेका हुन् ।
उक्त शाखा संचालनसँगै स्थानी स्तरमा सम्भावना रहेका विभिन्न क्षेत्रहरुको बिकासमा प्रत्यक्ष फाईदा बक्ताहरुले बताएका थिए । बैंकले असोज मसान्त सम्म ८३ अर्व रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकले विभिन्न ५६ जिल्लामा १ सय ४० शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।