Logo

सिटिजन्स बैंकको ६३ औं शाखा बर्दियाको मैनापोखरमा,सोमबारदेखि कारोबार शुुरु

सिटिजन्स बैंकको ६३ औं शाखा बर्दियाको मैनापोखरमा,सोमबारदेखि कारोबार शुुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३ औं शाखा बर्दियाको बढैयाताल मैनापोखर संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ कारोवारको सुरुवात गरेका हुन् ।

सो समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

बैंकले हाल ६३ वटा शाखा, ६२ वटा एटिएम र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालय लाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष श्री लाल बहादुर श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्