Logo

हिमालयन बैंकको सम्पर्क कार्यालय मलेसियामा, दुई देशविच व्यापार विकासमा सहयोग पुग्ने

हिमालयन बैंकको सम्पर्क कार्यालय मलेसियामा, दुई देशविच व्यापार विकासमा सहयोग पुग्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२७ माघ,काठमाडौं । हिमालयन बैङक लिमिटेडले मलेसियाको, मेदान पासार, क्वालालम्पुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । मंगलवार एक कार्यक्रमबीच बैङकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले सो सम्पर्क कार्यालयको उद्घाटन गरे ।

सो अवसरमा उनले सम्पर्क कार्यालय स्थापनाले नियमित विप्रेषण सेवमा सहज हुने बताए । साथै उनले दुई देशबीचको व्यापार विकासमा पनि सहयोग पुग्ने बताए । श्रेष्ठले पर्यटन, व्यापार,बित्तिय सेवालगायत दुई देशबीच लगानीका सम्भाव्य क्षेत्रहरुको प्रवद्र्धनमा सहयोग पुग्ने आशा व्यक्त गरे ।

त्यस्तै बैङकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले सम्पर्क कार्यालयको स्थापना दुई देशबीचको व्यावसायिक तथा सामाजिक सम्बन्ध अभिबृद्धिमा कोशेढुंगो सावित हुने बताए ।
बैङकले सन २००३ देखि मलेसियामा रोजगारीका लागि गएका नेपालीहरुका लागि

हिमाल रेमिट मार्फत विप्रेषण सेवा उपलब्ध गराउदै आएको छ । मलेसियामा रहेका नेपालीहरुलाई सहज विप्रेषण सेवा उपलब्ध गराउन हाल बैङकको करीव १४ ओटा स्थानीय विप्रेषण कम्पनीसँग साझेदारी व्यवस्था रहेको छ ।
यस सम्पर्क कार्यालयले मलेसियास्थित नेपालीहरुबीच बैङक तथा बैङकको रेमिट सेवाको प्रबद्र्धन गर्ने बताइएको छ ।

कार्यालयको उद्घाटन समारोहमा मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जन मान सिंह बस्न्यात, मलेसियास्थित नेपाली व्यापारीहरु, बैङकका साझेदार विप्रेषण कम्पनीका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL