Logo

एनबीआई र मनिपाल ग्लोबलबीच सम्झौता, तालीम, प्रशिक्षण तथा अन्वेषणमा साझेदार गर्ने

एनबीआई र मनिपाल ग्लोबलबीच सम्झौता, तालीम, प्रशिक्षण तथा अन्वेषणमा साझेदार गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट –एनबीआई र मनिपाल ग्लोबल एजुकेशन सर्भिसेस बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

मनिपाल अन्र्तगतको एकेडेमी अफ बैंकिङ एण्ड फाइनान्सियल सर्भिसेस भारतकै अग्रणी बैंकिङ एकेडेमी हो । यसले भारत लगायत एशियाका विभिन्न मुलुकका बैंक, इन्सुरेन्स र अन्य वित्तिय क्षेत्रका गरी ६० हजार भन्दा बढी कर्मचारीहरुलाई तालिम दिइ सकेको छ ।

हाल यस एकेडेमीसँग ४० भन्दा बढी विभिन्न बैंक तथा वित्तिय संस्थाहरु आवद्घ भई दक्ष जनशक्ति विकास गर्ने कार्यमा जुटेका छन् । मनिपाल आफ्नो आवासिय तालिमहरु जयपुर र बैंगलोरमा अवस्थित अन्तराष्ट्रिय स्तरको क्याम्पसहरुबाट दिने गरेको छ ।

सम्झौता अनुसार एनबीआई र एमइजिएसले विभिन्न किसिमका तालीम, सम्मेलन र कार्यशाला संयुक्त रुपमा संचालन गर्ने पनि योजना छ ।

यस सम्झौता भारतको बैंगलोरमा २२ सेप्टेम्बर २०१७ को दिन भएको थियो र सो सम्झौता पत्रमा एमजिइएसका उपाध्यक्ष बिमलजित सिंह भासिन एवं एनबीआईका तर्पmबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL