Logo

ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई एनआइसी एशियाको सहयोग, १ बर्षसम्म खाद्यन्न उपलब्ध गराउने

ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई एनआइसी एशियाको सहयोग, १ बर्षसम्म खाद्यन्न उपलब्ध गराउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले अपांगता भएकाहरुलाई सहयोग गर्ने भएको छ । स्यूचाटारस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु (खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो देश भरी फैलिएको १२५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
साथै भविष्यमा पनि यसरी नै निरन्तर रुपमा सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL