Logo

यस्तो छ एनआइसी एसियाको चाडपर्व विशेष योजना, मासिक ०.९ % ब्याजदरमा घरकर्जा

यस्तो छ एनआइसी एसियाको चाडपर्व विशेष योजना, मासिक ०.९ % ब्याजदरमा घरकर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दशैं, तिहार तथा छठको अवसर पारेर ‘एनआईसी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ घर कर्जा विशेष योजना ल्याएको छ ।

नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको हो ।

योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको याजदरमा घरकर्जा उपलब्ध गराईने छ । ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर/शुल्क लाग्ने छैन ।

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन गरिने छैन । कर्जाका लागि अनलाइनबाटै बैंकको वेबसाइट मार्फत कर्जाको इलिजिविलिटी रकम जाँच गरी आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधिसम्मको अवधि हुनेगरी घर र सवारी कर्जाको कम्बो प्रडक्टको रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ । यस बाहेक पनि सवारी साधन कर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क÷दस्तुर नलिई सवारी साधन कर्जा उपलब्ध गराइने छ ।

बैंकले समुन्नती बचत खातामा वार्षिक ९ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९ एटिएम सञ्जालहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL