काठमाडौं । हिमालयन बैंक लिमिटेडले टीएफपी अवार्ड २०१७(लिडिङ पार्टनर बैंक इन नेपालको सम्मान पाएको छ । एशियाली विकास बैंक ९एडीबी०ले हिमालयन बैंकलाई सम्मानित गरेको हो ।
हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको एडिबीले जानकारी दिएको छ ।
सेप्टेम्बर ५ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका वरिष्ठ व्यवस्थापकद्वय नविन कुमार पौड्याल तथा सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरे ।
बैंकले यसपटक समेत लगातार दोश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।