काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बम्पर अफरको घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएसँगै सेयर धनीका लागि नगद र बोनस सेयरको घोषणा गरेको हो ।
बैंक संचालक समितिको आज बसेको बैंठकले सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । ८ अर्ब चुक्ता पूँजी पुगेको इम्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई आर्थिक बर्ष २०७३/७४ को नाफाबाट नगद र सेयर गरी ४० प्रतिशत बोनस दिन लागेको हो ।
बैंकले गत आर्थिक बर्षमा ३ अर्ब १६ करोड खुद नाफा कमाएको थियो । प्रस्तावित बोनस सेयर र नगद लाभांसलाई राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि बितरण गरिने जानकारी दिएको छ ।