Logo

कार्यकाल बाँकी छँदै बाहिरिए दुई सिईओ, ग्लोबल आईएमई र सेञ्चुरीमा खाली

कार्यकाल बाँकी छँदै बाहिरिए दुई सिईओ, ग्लोबल आईएमई र सेञ्चुरीमा खाली


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आफ्नो ४ बर्षे कार्यकाल बाँकी छँदै दुई बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले राजिनामा बुझाएर बाहिरिएका छन् । पछिल्लो समय ग्लोबल आईएमई बैंक र सेञ्चुरी कमर्सियल बैंकका सिईओले आफ्नो कार्यकाल सकिँदै राजिनामा दिएर बाहिरिएका छन् ।

केहि दिन अघिमात्र सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजराज तिमिल्सिनाले आफ्नो कार्यकाल बाँकी छँदै राजिनामा दिएर बाहिरिएका थिए । उनले कुनै अर्को बाणिज्य बैंकमा आफ्नो जागिर पक्का गरेर सेञ्चुरीबाट बाहिरिएको स्रोतको दाबी छ ।

तिमिल्सिनाले राजिनामा दिएको केही दिन नबित्दै ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अघिकृत अनिल ज्ञवालीले पनि आफ्नो कार्यकाल बाँकी छँदै पदबाट राजिमाना दिएका छन् ।

ज्ञवालीले आफ्नो कार्यकाल पुरा हुन दुई बर्ष बाँकी छँदै राजिनामा दिएर बाहिरिएका छन् । स्रोतका अनुसार उनी अहिले राजिनामा दिएर बिदामा बसेका छन् । राजिनामा दिएर बिदामा बसेका कारण उनी अब ग्लोब आईएमई बैंकमा नफर्कने समाचार स्रोतले जानकारी दिएको छ ।
उनी २०७२ जेठमा ग्लोबल आइएमईमा सिईओ भएर चार बर्षे कार्याकालका लागि गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL