Logo

स्वावलम्बन बैंकद्वारा बाढीपहिरो पीडितलाई राहत, चामल, दाल, चिउरालगायत वितरण

स्वावलम्बन बैंकद्वारा बाढीपहिरो पीडितलाई राहत, चामल, दाल, चिउरालगायत वितरण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित ८ जिल्ला मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी रु.१३ लाख २० हजार २ सय रुपैया बराबरको राहत वितरण गरेको जानकारी दिएको छ ।

त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तरगतको नियमानुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्