Logo

सिटिजन्सको ६० औं शाखा पाल्पाको छहरामा, सीएसआर अन्तरगत कम्प्युटर प्रदान

सिटिजन्सको ६० औं शाखा पाल्पाको छहरामा, सीएसआर अन्तरगत कम्प्युटर प्रदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पामा आफ्नो ६० औं शाखा संचालनमा ल्याएको छ । बैंकले पाल्पाको छहरामा एक कार्यक्रमबीच उक्त शाखा संचालनमा ल्याएको हो ।

सो शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गरेका हुन् । उक्त शाखासँगै बैंकको शाखा संख्या ६० पुगेको छ । यसैगरी ५९ वटा एटीएम र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले उक्त शाखाबाट रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटीएम कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु उपलब्ध हुनेछ ।

साथै बैंकले शाखा उद्घानको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्री भैरव नवदिप माध्यामिक विद्यालय र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्