Logo

नाडामा एनआइसी एशियाको ‘अन द स्पट फाइनान्सिङ’, ७ बर्षका लागि आकर्षक ब्याजदरमा कर्जा

नाडामा एनआइसी एशियाको ‘अन द स्पट फाइनान्सिङ’, ७ बर्षका लागि आकर्षक ब्याजदरमा कर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटी मण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्य राखी एन आई सी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ ।

अटो शोमा बैंकले अन द स्पट फाइनान्सिङको व्यवस्था गरेको छ । यस बैंकले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागी आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने जानकारी दिएको छ ।

साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने हेतूले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत बताएको छ ।

नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहकहरुलाई यस बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने समेत गराउने बताएको छ ।

अटो शोमा बैंकको स्टल नं. जिसेभेनमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL