काठमाडौं । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ का लगानीकर्ताले २१.०५६३ प्रतिशत लाभांश पाउने भएका छन् । एनएमबी क्यापिटलले सञ्चालन गरिरहेको सो फण्डका लगानीकर्तालाई लाभांश दिन लागिएको हो ।
योजना सञ्चालक एनएमबी क्यापिटलको ११ गते बसेको बैठकले यस्तो प्रस्ताव गरेको थियो ।
त्यस्तै, देव बिकास बैंकले पनि १८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १७।१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बैंकको ११ गते बसेको सञ्चालक समितिले सो निणर्य गरेको हो ।