Logo

अन्ततः मेगाको ८ अर्ब मिसन हकप्रदबाटै, सेयर धनीलाई ६५ प्रतिशतको अफर

अन्ततः मेगाको ८ अर्ब मिसन हकप्रदबाटै, सेयर धनीलाई ६५ प्रतिशतको अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपालले ६५ प्रतिशत हकप्रद जारीको लागि सुचना प्रकासित गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुरुप असोज मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ६५ प्रतिशत अर्थात २ अर्ब ९७ करोड रुपैयाँ हकप्रद जारी गरेको हो । उक्त हकप्रदमा २०७३ माघ ६ गतेसम्म कायम भएका सेयरधनी तथा बैंकको गत माघ ९ गतेदेखि कारोबार रोक्का हुँदा नामसारी तथा दाखिल खारेज हुँन बाँकी सेयरधनीले भदौ १६ गतेसम्म प्रकृया पुरा गरी सकेकाले मात्र आवेदन दिन सक्ने बैंकद्वारा जारी सुचनामा उल्लेखछ ।

बैंकले भदौ २७ देखि असोज ३० गतेसम्म हकप्रद निष्काशन गर्ने भएको छ । जसको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

उक्त हकप्रदको आवेदन दिने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड दरबारमार्ग, मेघा बैंककको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL