Logo

लुम्बिनी बैंकको नाफा उल्लेख्य बृद्धि, पुसम्म १७ करोड नाफा

लुम्बिनी बैंकको नाफा उल्लेख्य बृद्धि, पुसम्म १७ करोड नाफा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ माघ, काठमाडौं । लुम्बिनी बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म नाफामा उल्लेख्य बृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा कुल ६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको साही अवधिमा १७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सो रकम गत आवको पुस मसान्तको तुलनामा झण्डै ३ गुणाले बढी हो । हाल बैंकको चुक्ता पूँजी २ अर्व ८ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराव कर्जा उठेपछि नाफामा पनि बृद्धि भएको हो । गत आवको पुसमा खराव कर्जा कुल कर्जा प्रवाहको २ दशमलव १८ प्रतिशत रहेकोको चालू आवको साही अवधिमा जिरो दशमलव ७७ प्रतिशत मात्र रहेको छ । यस्तै, बैंकको व्याज आम्दानी पनि बढेको छ । गत आवको ६ महिनामा बैंकले २२ करोड ६९ लाख खुद व्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा ३३ करोड ८४ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

यस्तै, बैंकको कर्जा प्रवाह पनि बढेको छ । गत आवमा बैककको कर्जा निक्षेप अनुपात ७५ दशमलव ६३ प्रतिशत रहेकोमा चालू आवको ६ महिनामा बढेर ७७ दशमलव ८३ प्रतिशत पुगेको छ ।

बैंकले हालसम्म १७ अर्व ५३ करोड निक्षेप संकलन गरेको छ भने १५ अर्व ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकद्वारा जारी त्रैमासिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL