Logo

एनआईसी एसियाले ल्यायो ‘डबल डिपोजिट’ योजना

एनआईसी एसियाले ल्यायो ‘डबल डिपोजिट’ योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एसियाल बैंकले ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ । सो योजना अन्तरगत आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्य अनुरुप व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिनेछ ।

न्यूनतम १ लाख रुपैयाँ जम्मा गरेर उक्त निक्षेप योजनामा भाग लिन सकिनेछ । यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले ब्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानि दिने छ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने ब्याज दर तथा बजारमा ब्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL