Logo

राबा बैंकले कमायो ३ अर्ब ८ करोड, कर्जा परिचालनमा सफलता

राबा बैंकले कमायो ३ अर्ब ८ करोड, कर्जा परिचालनमा सफलता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आबको तुलनामा ७३ करोड रुपैयाँ बढी हो ।

बैंकले लगानी बढाएर ब्याज आम्दानीमा बृद्धि गरेसँगै नाफा बढ्न गएको हो । सो अबधिमा बैंकले ब्याज आम्दानीबाट ६ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । गत आबसम्ममा बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ वित्तीय विवरणले देखाएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकले जगेडा कोषलाई पनि बलियो बनाएको छ । हाल बैंकको जगेडा कोष ३ अर्ब ११ करोड रुपैयाँ छ । जुन रकम अघिल्लो आबको तुलनामा २ अर्ब ९४ करोड रुपैयाँले बढी हो ।

पूर्ण सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक सहित ४ बैंकले गत आर्थिक वर्षमा नाफा ३ अर्ब कटाएका छन् । जसमा नबिल बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL