Logo

२२ बाणिज्य बैंकले कमाए पौन ३७ अर्ब, कुन बैंकको नाफा कति (सुचिसहित)

२२ बाणिज्य बैंकले कमाए पौन ३७ अर्ब, कुन बैंकको नाफा कति (सुचिसहित)


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा वित्तीय विवरण सार्वजनिक गरेका २२ वटा बाणिज्य बैंकले ३६ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । सोमबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकहरुको तथ्याङ्क अनुसार उक्त नाफा आर्जन गरेको देखिएको हो ।

हालसम्म वित्तीय विवरण सार्बजनिक गर्ने बाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलले गत आबमा ३ अर्ब ६२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकमध्ये आर्थिक बर्ष २०७३/७४ मा ३ वटा बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । जसमा सोमबार नै वित्तीय विवरण सार्वजनिक गरेका नेपाल बैंक लिमिटेडले ३ अर्ब २१ करोड रुपैयाँमा कमाउँदा नेपाल इन्भेष्टमेण्ट बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यसैगरी गत आबमा ३ वटा बाणिज्य बैंकले २ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । जसमध्ये कृषि विकास बैंकले २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ नाफा कमाउँदा हिमालयन बैंकले २ अर्ब १७ करोड रुपैयाँ र ग्लोबल आईएमईले २ अर्ब ३ करोड रुपैयाँ कमाएको छ ।

गत आबमा १२ वटा बाणिज्य बैंक अर्बपति क्लबमा रहेका छन् । १ अर्ब रुपैयाँभन्दा बढी २ अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्ने बैंकमध्ये प्रभु बैंक अग्र स्थानमा रहेको छ । सो अबधिमा प्रभुले १ अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको बाणिज्य बैंकमध्ये मेगा, कुमारी र जनता बैंक अर्बपति क्लबमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । गत आबमा मेगा बैंकले ७९ करोड रुपैयाँ कमाउँदा कुमारीले ७० करोड रुपैयाँ तथा जनता बैंकले ६४ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । कुमारी बैंकले गत आबमा अघिल्लो आबको भन्दा कम मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL