Logo

लक्ष्मी बैंकको नयाँ शाखा मणिग्राममा, सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध

लक्ष्मी बैंकको नयाँ शाखा मणिग्राममा, सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले रुपनदेहीको मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । बैंकल रुपन्देहीमा संचालनमा ल्याएको यो तेस्रो शाखा हो । बैंकले यस अघि भैरहवा र बुटवलमा शाखा संचालनमा ल्याएको थियो ।

मणिग्रामको शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको इन्टरनेट बैंकिङ्ग र मोबाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रादन शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

यससँगै बैंकको शाखा संख्या ६९ पुगेको छ । हाल बैंकले ३ वटा हस्पिटल सेवा काउन्टर, ८८ एटीएम तथा २ हजार ५ सयभन्दा बढि रेमिटेन्समार्फत बैंकिङ सेवा दिँदै आएको छ । हाल बैंकको ४ सयभन्दा बढी मोबाईल एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्