काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आब २०७२/७३ को तुलनामा १२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ९३ करोड ५९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले ब्याज आम्दानीमा बृद्धि गर्न नसकेपछि नाफामा धेरै सुधार हुन सकेन । सो अबधिमा बैंकले ३ अर्ब ७६ करोड खुद ब्याज आम्दानी गरेको छ । तर, बैंकले ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ८१ करोड ७३ लाख २७ हजार रुपैयाँ छुट्याएको छ ।
सो अबधिसम्म आइपुग्दा बैंकले ९२ अर्ब ८८ करोडरुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ । बैंकले आफ्नो खराब कर्जालाई घटाएर कुल कर्जा प्रबाहको शुन्य दशमलव ८७ प्रतिशतमा झारेको छ ।
बैंककोे प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ २५ पैसा छ ।