Logo

जनता बैंकको नाफा ६० प्रतिशते बढ्यो, गत आबमा कमायो ६४ कराेड

जनता बैंकको नाफा ६० प्रतिशते बढ्यो, गत आबमा कमायो ६४ कराेड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जनता बैंकले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफामा ६० प्रशितले बृद्धि गरेको छ । बैंकले गत आबमा ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै आफ्नो नाफामा उच्च बृद्धि गरेको हो ।

बैंकले आफ्नो ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सुधार गरेसँगै नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आबको तुलनामा ४० करोड रुपैयाँले बढी हो । यसैगरी बैंकले आफ्नो खराब कर्जा कुल कर्जा प्रबाहको २ दशमलव ३७ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारेको छ ।

सो अबधिसम्म आइपुग्दा बैंकले ४८ अर्ब ५१ करोड रुपैयाँ निक्षप संकलन गरी ४५ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL