Logo

तीन बाणिज्य बैंकले अर्ब माथी कमाउँदा मेगाले ७९ करोड कमायो, बीओकेको नाफामा उच्च सुधार

तीन बाणिज्य बैंकले अर्ब माथी कमाउँदा मेगाले ७९ करोड कमायो, बीओकेको नाफामा उच्च सुधार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आज एकै दिन ४ बाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । शुक्रबार नेपाल एसबिआई, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र मेगा बैंकले आर्थिक बर्ष २०७३÷७४ को वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

वित्तीय विवरण सार्वजनिक गरेका ४ मध्ये नेपाल एसबिआई, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंकले अर्बभन्दा बढी आम्दानी गरेका छन् भने मेगा बैंक भने अर्बपति क्लवमा प्रबेश गर्न सकेन ।

आर्थिक बर्ष २०७३र७४ मा नेपाल एसबीआई बैंकले १ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । बैकले अघिल्लो आबको तुलनामा २१ करोड रुपैयाँ बढी आम्दानी गरेको हो । बैंकले सो अबधिमा २ अर्ब ९१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

सो अबधिमा बैंकले ८१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी बैंक अफ काठमाण्डू आफ्नो नाफामा उच्च बृद्धि गर्दै अर्बपति क्लबमा उक्लिएको छ । गत आबले बैंकले आफ्नो नाफालाई ८९ प्रतिशतले नाफा बढाएर १ अर्ब २३ करोड रुपैयाँ खुद आम्दानी गरेको हो ।

बैंकले आफ्नो खराब कर्जा उठौतीमा उल्लेख्य सुधार र ब्याज आम्दानीमा बृद्धि गरेसँगै नाफामा उच्च सुधार ल्याएको तथ्याङ्कले देखाएको छ । सो अबधिमा बैंकले आफ्नो खराब कर्जा कुला कर्जा प्रबाहको २ दशमलव ५१ प्रतिशतबाट घटाएर १ दशमलव ४६ प्रतिशतमा झरेको छ ।

बैंकले गत आबको अन्त्यसम्ममा ७२ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

आजै मात्र वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बंगलादेश बैंकले १ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । तर, उसले आफ्नो नाफामा सुधार ल्याउन सकेको छैन । बैंकले गत आर्थिक बर्षको अन्त्यसम्ममा ४३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

गत आबमा मेगा बैंकले पनि ७९ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेपनि अर्बपति क्लबमा भने प्रबेश गर्न सकेन ।
सो अबधिसम्म आइपुग्दा बैंकले ३८ अर्ब ९३ करोड रुपैयाँ संकलन गरी ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL