Logo

सेयर लगानीकर्तालाई राष्ट्रिय बाणिज्य बैंक अफर, ६८ जिल्लाका १७९ शाखाबाट आस्वा सुविधा

सेयर लगानीकर्तालाई राष्ट्रिय बाणिज्य बैंक अफर, ६८ जिल्लाका १७९ शाखाबाट आस्वा सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले देशभारबाट आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन मिल्ने व्यवस्था लागू गरेको छ । बैंकले आफ्नो सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ संचालनमा ल्याई डिम्याट खाता खोल्ने देखि आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन मिल्ने व्यवस्था लागू गरेको हो ।

बैंकले यस अघि आस्वामार्फत प्राथमिक सेयर आवेदन, र सीआस्बा सेवा शुरु गरिसकेको थियो । अब मेर्चेण्ट बैंकिङमार्फत थप सुविधा प्रदान गर्न लागिएको बैंकले जानकारी दिएको छ ।

बैंकको यो सुविधा देशभरका ६८ वटा जिल्लामा रहेका १ सय ७९ वटै शाखाबाट उपलब्ध हुनेछ । साथै बैंकले आफ्नो सेवाग्राहीको सुविधालाई मध्यनगर गर्दै उक्त सुविधा निःशुल्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL