Logo

बाजुराको मार्तडीमा पुग्यो एनआईसी एसिया बैंक, तीन दिनमा खुल्यो ३२० खाता, डेढ करोड संकलन

बाजुराको मार्तडीमा पुग्यो एनआईसी एसिया बैंक, तीन दिनमा खुल्यो ३२० खाता, डेढ करोड संकलन


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको सदरमुकाम मार्तडीमा पहिलो शाखा खोलेको छ । बैंकले युके एडको एक्सेस टु फाइनान्स सक्षमसँगको सहकार्यमा उक्त शाखा संचालनमा ल्याएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलको आतिथ्यतामा बैंक र सक्षमबीच शाखा संचालन सम्वन्धी सम्झौंतामा बुधवार हस्ताक्षर भएको हो । आइतबारदेखि संचालनमा आएको शाखामा १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भइसकेको छ भने ३ सय २० वटा निक्षेप खाता खोलिएको छ ।

विकट जिल्लामा निजी लगानीको बैंकले बैंकिङ सेवा पुर्याएकोमा खुशी व्यक्त गर्दै यसले वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । बैंकले सक्षमको सहयोगमा मार्तडीमा यो शाखासहित थप ३ वटा शाखारहित बैंकिङ सेवा स्थापना भएको छ ।

बैंकले सन् २०२०सम्म ३ सय भन्दा बढी शाखा, १ हजार भन्दा बढी एटीएम र १ हजार भन्दा बढी शाखारहित बैंकिङ सेवा संचालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘साथी सँगै सक्षम बन्दै’ नाराका साथ अघि बढेको कृषि, लघुउद्यम, कृषि औजार, विपन्न बर्ग कर्जाजस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आएको उनले जानकारी दिए ।

सक्षमका नेपाल प्रमुख बलजित बोहोराले सक्षमले नेपालको ग्रामिण भेगमा वित्तिय पहुँच पुर्याउन चाहेको जानकारी दिए । ‘यो लक्ष्य हासिल बैंकले हरेक बर्ष नयाँ बैंक वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL