Logo

कृषि विकास बैंकले कमायो २ अर्ब ७७ करोड, खराब कर्जा घटायो

कृषि विकास बैंकले कमायो २ अर्ब ७७ करोड, खराब कर्जा घटायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंकले आर्थिक बर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड खुदनाफा आर्जन गरेको छ । यो नाफा गत आबको तुलनामा १२ प्रतिशतले बढी हो ।

बैंकले ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सुधार गरेसँगै नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंकले बैंकले आफ्नो ब्याज आम्दानी पौने अर्ब रुपैयाँभन्दा बढी बढाएको छ भने खराब कर्जा उठौतीमा पनि उल्लेख्य सुधार ल्याएको छ ।

अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ४ दशमलव ३६ प्रतिशत रहेकोमा गत आबमा आइपुग्दा २ दशमलव ९७ प्रतिशतमा झारेको हो ।
सो अबधिसम्म आइपुग्दा बैंकले ९९ अर्ब ९५ करोड निक्षेप संकलनगरी ८८ अर्ब २९ करोड कर्जा प्रबाह गरेको छ । बैंकको कर्जा निक्षप अनुपात (सिसिडी रेसियो) ६२ दशमलव ३९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL